कर्णालीको स्वास्थ्य सेवालाई सुदृढ बनाउन स्वास्थ्यमन्त्री पौडलको आग्रह

जुम्ला | कात्तिक २८, २०८१

कर्णालीको स्वास्थ्य सेवालाई सुदृढ बनाउन स्वास्थ्यमन्त्री पौडलको आग्रह

जुम्ला:    स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमाको दायरालाई फराकिलो बनाउन लागिएको जानकारी दिनुभएको छ । 


यहाँस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको  प्रथम दीक्षान्त समारोहमा उहाँले कर्णालीको स्वास्थ्य सेवालाई सुदृढ बनाउन  प्रतिष्ठानले थप जिम्मेवारीका साथ काम गर्न निर्देशन दिनुभयो । 

    
उहाँले भन्नुभयो, “स्वास्थ्य सेवालाई सहज बनाउन मन्त्रालय लागिपरेको छ । प्रतिष्ठानले दक्ष जनशक्ति उत्पादन गर्नेगरी काम गर्न आश्यक छ ।  मन्त्रालयले वार्षिक बजेटमा कर्णालीको स्वास्थ्य क्षेत्रलाई सदृढ बनाउन विशेष प्रथामिकतामा राखेको छ ।” 


स्वास्थ्यमन्त्री पौडेलले जलनका सबै बिरामीहरूलाई सरकारले निःशुल्क उपचारको व्यवस्था समेत गरेको जानकारी दिनुभयो ।

    
संयुक्त राज्य अमेरिकाको हार्वड मेडिकल कलेज सेन्टर फर प्राइमरी केयर र सिस्टम स्ट्रेन्थेनिङका निर्देशक प्रा डा क्रिस्टिन मसेङ्गर प्रमुुख अतिथि रहनुुभएको सो प्रथम दीक्षान्त समारोहमा जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र विषयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गरेका ५८ विद्यार्थी दीक्षित भएका प्रतिष्ठानका प्रशासकीय अधिकृत अमृतबहादुर भण्डारीले जानकारी दिनुभयो ।  दीक्षान्त समारोह यसअघि गत भदौ २३ गते तय गरिएको थियो ।  

    
सो अवसरमा प्रधानमन्त्री ओलीले प्रतिष्ठानको नवनिर्मित शैक्षिक भवन उद्घाघटन गर्नुभएको थियो । 

अमेरिकाले शनिबार राति इरानमा फेरि भीषण हवाई हमला गरेको छ।   अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले इरानका लगभग १४० सैन्य प्रतिष्ठानलाई निसाना बनाइएको बताएको छ।   सेन्टकमका अनुसार ...

थप पढ्नुहोस्

पोखरा। पोखराका दुई अग्रज पत्रकारलाई कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ ।   नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीले पत्रकार रुद्र बहादुर हितानमगर र इ...

थप पढ्नुहोस्

पोखरा ।   स्वर्डफिस टेक्नोलोजीले ज्वेलरी (गहना) क्षेत्रकै पहिलो म्यानेजमेन्ट सफ्टवेयर ‘दीपअर्थ’ गण्डकी प्रदेशमा भित्र्याउँदै आजबाट औपचारिक शुभारम्भ गरेको छ ।   परम्परागत रूपमा सञ्चा...

थप पढ्नुहोस्